नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको मौद्रिक नीतिका प्राथमिकता यस्ता छन |

आर्थिक

सरकारले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि नीति सार्वजनिक गरेको हो । नीतिमा विभिन्न क्षेत्रलाई समेटेर प्राथमिकता छुट्याइएको छ ।

– वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाउँदै उपलब्ध वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना, उद्यमशिलता विकास तथा दीगो समावेशी विकास हासिल गर्ने तर्फ परिलक्षित गरिनेछ ।

– ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनमार्फत ब्याजदर स्थायित्व रहने गरि तरलता कायम गरिनेछ ।

– वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि बैंक तथा वित्तीय क्षेत्रहरूमा सुशासन प्रवर्धन तथा सुदृढीकरण गरी वित्तीय मध्यस्तताको कार्यलाई कुशल बनाइनेछ ।

– भुक्तानी कारोबारमा विद्युतीय माध्यमको प्रयोगलाई प्रवर्धन गरी नगद कारोबारलाई न्यूनिकरण गरिनेछ ।

– आर्थिक २०७८/७९ मा औषत मुद्रास्फिती दर ६.५ प्रतिशतभित्र सीमित राख्नुका साथै आर्थिक पुनरुत्थानलाई निरन्तरता दिँदै तरलता व्यवस्थापन गरिनेछ ।

– कम्तिमा सात महिनाको वस्तु तथा सेवा धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गरिनेछ ।

– प्रचलित मूल्यको कूल गार्हस्थ उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारको रुपमा लिई विस्तृत मुद्रा प्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने प्रक्षेपण छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *