चीनको हुवेइ प्रान्तमा अत्याधिक वर्षा, कम्तिमा २१ जनाको ज्यान गयो

प्रवास

एजेन्सी । चीनको हुवेइ प्रान्तमा अत्याधिक वर्षासँगै आएको बाढीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार र शुक्रबार अत्यधिक वर्षपछि आएको बाढी र पहिरोमा परेर ४ जना हराइरहेका छन् । पहिरो र डुबानका कारण हुबेइका विभिन्न स्थानमा २७ सय भन्दाबढी घरमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन विभागले भारी वर्षाका कारण विभिन्न क्षेत्रमा जोखिम बढ्ने बताएसँगै करिब ८ हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वयमसेवक खटाइएको छ । गत महिना चीनको हेनान प्रान्तमा तीन दिनसम्म भएको वर्षासँगै अएको बाढी पहिरोमा परेर ३ सय जनाको मृत्यु भएको थियो भने १ लाख मानिस दक्षिणपश्चिम प्रान्त सिचुवानमा विस्थापित भएका थिए ।

पछिल्लो ३० वर्षपछि सबैभन्दा ठूलो वर्षा भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.