सर्वोच्चको आदेश: खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घरमै गएर कोरोना खोप लगाउनू

स्वास्थ्य

सर्वोच्च अदालतलेखोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार सो आदेश गरेका हुन् । खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।

सो मुद्दामा रिट निवदेन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *