सर्‍याे मंसिरमा कांग्रेस महाधिवेशन

खास खबर

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्य समितिको शनिबार बुढानिलकण्ठमा बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो । भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।

अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको नेता विश्वककर्माले बताउनुभयो ।

कांग्रेसको वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.