फेसबुकले आफ्नो लोकिप्रय च्याट एप म्यासेन्जरमा भ्वाइस र भिडियो कलका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर थप गरेको छ । कम्पनीले शुक्रबार एक ब्लग पोस्ट गर्दै यस्तो सुरक्षा फिचर थप गरेको जानकारी दिएको हो । साथै सोही अवसर पारी कम्पनीले ‘सेक्रेट कन्भर्सेसन‘ अप्सनका लागि पनि नयाँ अपडेट जारी गरेको छ । यी फिचरले फेसबुक म्यासेन्जरलाई थप सुरक्षित बनाउने कम्पनीको विश्वास छ ।
हाल म्यासेन्जरमा एक दिनमा १५ कराेडभन्दा बढी भिडियो कल हुन्छ । तर इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू नहुँदा अर्को पक्षले प्रयाेगकर्ताबीचकाे कलमाथि पहुँच राख्ने जोखिम थियो ।
फेसबुकले चाँडै नै ग्रुप च्याट र कलका लागि पनि यो फिचर सुरू गर्ने जानकारी दिएको छ । साइबर सुरक्षा विज्ञहरूले फेसबुक म्यासेन्जरका सबै च्याटमा स्वतः इन्ड–टु–इन्ड इन्क्रिप्सन कार्यान्वयन गर्द दबाब दिइरहेका छन् । हाल टेक्स्ट म्यासेजको हकमा प्रयोगकर्ता आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्ने अप्सनमात्र छ ।