अफगानिस्तानमा रहेका नेपालीलाई सरकारको आह्वान– उद्धारका लागि नाम टिपाउनुहोस्

खास खबर

सरकारले अफगानिस्तानमा रहेका नेपाली र उनीहरूका नेपालमा रहेका परिवारलाई उद्धारका लागि नाम टिपाउन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट www.nepalconsular.gov.np मा अनलाइन रजिष्ट्रेसन पोर्टलको व्यवस्था गरिएको जनाएको छ।

उक्त पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउन मन्त्रालयले सम्बन्धित व्यक्ति वा तिनका परिवारका सदस्यलाई आग्रह गरेको छ।

‘उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सव एप सुविधासहितको मोबाइल नम्बरहरू ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) को व्यवस्था गरिएको छ। आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा उक्त नम्बरहरु मार्फत सम्पर्क गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ’, मन्त्रालयको सूचनामा भनिएको छ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल भड्भाइजरी जारी गरिएको मन्त्रालयले जनाएको छ। आवश्यक सहयोगका लागि दूतावासको फोन नम्बर ९१८९२९६०१९२५ र इमेल (eondelhi@mofa.gov.np र consularnepaliembassy@gmail.com) मार्फत् सम्पर्क गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *