नेकपा (माओवादी केन्द्र)ले अफगानिस्तानमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग गर्न सरकारसमक्ष माग गरेको छ। आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
‘अफगानिस्तानमा अहिले आन्तरिक द्वन्द्वको असहज र संवेदनशील परिस्थिति देखापरेको छ। यो स्थितिमा अफगानिस्तानमा रहेका सबै नेपालीहरूको स्थितिको बारेमा जानकारी लिन, नेपालीहरूको जीवन रक्षा गर्न र आवश्यक सहयोग गर्न सरकारले तत्काल पहल गरोस् भन्ने माग गरेको छ’, बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
अफगानिस्तानको विद्रोही समूह तालिवानका लडाकूहरू राजधानी काबुलसमेत प्रवेश गर्दै गर्दा नेपालीको अवस्थालाई लिएर चिन्ता प्रकट गरिएका छन्।