युवा नेतृत्व खोइ ? -भुवनेश्वर अधिकारीकाे विचार

विचार

हरेक क्षेत्रमा यो देशलाई साच्चिकै निकास दिने हो भने युवा नेतृत्वको आवश्यकता मात्रै होईन कस्तो युवा नेतृत्व हुनुपर्छ भन्ने कुरामा बहस पनि आवस्यक छ।
त्यो बहसको सुरुवात वर्तमान स्थिति अर्थात् अहिलेको परिदृश्यको तमासा जुन अहिले नाकट मन्चन गरिरहेका छन् । पछिल्लो समयमा राष्ट्रको शक्ति सत्ताको नाटक मंचमा कुरुप दृश्यको सामना गरियो। बिस्वब्यापि कोरोनाले तहसनहस पार्दा पनि भ्रष्टखेलमा लिप्त काण्डैकाण्डका नमुना झेल्नुपरेको बिधितै छ। जनताको बौद्धिकता र जनभावनालाई अपमानित गरेको छ।

फर्केर हेर्दा पुराना पात्रहरू फेरबदल गरि नाटकिय पराकाष्ठालाई हटाई फेरि नयाँयुवा पात्र रोजौ! तर नेपालीको दुर्भाग्य ! जुन त्यो मंचका नयाँ पात्रलाई रोक्यो कस्ले, विफलता र भ्रष्टता रणभुमिमा आ आफन्ना रगहरुको तमासा तमाम छ, आखिर तमासा कहिले सम्म?
सत्ताको डोरि पटकपटक समातेका पुराना पात्रहरुले धेरै गल्ति दोहोर्‍याउदा गल्लिलाई आत्मसात गरि अघि बढनु त विरलै हो तिनै गल्तीको पुनरावृत्ति र बिस्तार गर्दै छन् खोक्रो मानसिकता र क्षणिक उर्जालाई काबुल पार्न सत्ता टिकाउन सिमित खेल खेलिरहेका ति पुराना नेतृत्व पात्र लम्पसार छन् ।
शक्ति भ्रष्टताको संजाल बन्यो नेतृत्व भने पतन ।

एउटा कुराले बारम्बार झस्काइरहन्छ तर के युवा नेतृत्वमा युवाको पहुँच नहुनु नै जरो समस्या हो त नेतृत्व पुरानो अनुहारमा मात्रै सिमित हुनुपर्ने स्थिति छ त ।पक्कै पनि यो प्रसङ्ग अहिलेको परिस्थितिमा निकै चुनौतीपूर्ण देखिएको छ ।के नयाँ पुस्तालाई दमनकारी बनाउनेतर्फ उन्मुख छ। के यो जालोलाई फार्न सकिन्छ हाम्रो देशमा नेता नभएकै हुन त?

युवा नेतृत्वमा दुई संभावनाका पथहरु पक्कै छन् – नयाँ युवा पुस्ताको नेतृत्वमा पहुँच नै नहुनू समस्या हो त, कि नयाँ पुस्ता नै यस्को समाधान हो यसलाई क्रस ब्याक गर्न पक्कै सम्भव छ। सम्भव भित्र संभावना लुकेको छ जस्ले सामाजिक सास्कृतिक आर्थिक राजनीति शैक्षिक सबै क्षेत्रमा प्रादुर्भाव जमाउन अवस्य सक्छ। समाज गतिशीलताले फडको मार्यो तर राजनिती निरकुशता उस्तै छ। राजनीति आडमै नेपालको अस्तित्वलाई माकुरा बनि रगत चुस्न भ्याइनभ्याई छ किनभने ब्यक्तिगत स्वार्थ भित्र शक्ति भ्रष्टताको आड बन्यो ।

के यो देशमा युवा नेतृत्व नभएको हो त के युवाको पहुँच नहुनु विडम्बनापूर्ण छ त बारम्बार यहीँ प्रश्नले झस्काइरहन्छ । समाधान पनि अवस्य छ अहिलेको नेतृत्व ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता, मौलिकता आखिर के नपुगेर बेहाल हुन पुगेको हो ? के यी आवश्यकता युवा नेतृत्वले दिन सक्छ त ? के हाम्रा आजका युवाले दिन सक्छन् ? अझ भनौँ, नेतृत्वमा दाबा गर्ने युवाहरूले दिन सक्छन् ?
यो देशलाई साँच्चै निकास दिने हो भने युवा नेतृत्वको आवश्यकताबारे मात्र हैन, कस्तो युवा नेतृत्व, त्यो बहस पनि सुरु गर्नुपर्छ ।
अधिकांश नेपाली युवा देशको नेतृत्व गर्ने पहुँचभन्दा धेरै पर छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *