कुलमानको नियुक्ति खारेजीको माग गर्दै हितेन्द्रदेव पुगे सर्वोच्च

खास खबर

उर्जा आयोगमा सरुवा भएका हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले हितेन्द्रलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

उनले कार्यकारी निर्देशक कुलमानको नियुक्ति बदर गर्न र उक्त स्थानमा आफूलाई थमौती गर्न माग गर्दै रिाट दायर गरेका छन् । पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *