मध्यरातमा आएको ओलीको वक्तव्यमा के छ ?

देश

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गर्दै मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । एमालेमा माधव नेपाल पक्ष र ओली पक्षबीच लामो समयदेखि विवाद छ । सरकारले एमाले र जसपा विभाजन गर्न प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।

अध्यक्ष ओलीले नेकपा एमाले र नेपाल कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने गम्भीर षडयन्त्र भइरहेको आरोप लगाउनुभएको छ । ओलीले प्रतिनिधिसभाको चालू अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजित गर्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभएको हो ।

सोमबार सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गरेको थियो । चालू अधिवेशन अन्त्यसँगैं दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्बन्धमा सरकारमा छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *