२०७८ भाद्र महिना भरीको राशिफल यस्तो छ ? हेर्नुहोस

धर्म / संस्कृति

मेष

यो महिनामा विपक्षी वर्गबाट सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोश जाँगर र हिम्मत बढ्नुका साथै शत्रु पक्ष निर्बल हुनेछन् । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हल्का रातो वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

वृष

वृष राशिलाई यस महिनामा दुख कष्ट बढ्न सक्छ । स्वास्थ्य प्रतिकूल रहने र चोटपटकको भय पनि रहनेछ । १५ गतेबाट दैनिक कार्यमा प्रगति हुँदै जानेछ । यात्रा सुखद् र सफल हुनेछन् । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको स्मरण गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन

यो महिना समान्य नै देखिन्छ, आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिहिनेत अनुसार प्रतिफल राम्रै पाइनेछ । तर आफ्नो प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । १९ गतेबाट व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह बढ्दै जानेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट

यो महिनामा नयाँ कार्य प्राप्तिका साथै सरुवा र बढुवाको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । घर ,जग्गा खरिद बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह

सिंह राशि हुनेहरूका लागि भाद्र महिनामा विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारको लगानीले राम्रो प्रतिफल दिनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने र प्रेममा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

यो महिनामा शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । शेयर बजारको लगानीले राम्रो प्रतिफल नदिनसक्छ । खर्चिलो यात्रा पनि हुन सक्छ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आस मारिसकेको ठाउँबाट धन हात पर्नेछ । अचल सम्पत्ति हात पर्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

तुला

यो महिनामा घर परिवार, इष्टमित्र एवं साथीभाइहरूसँग लामो समयपछि भेटघाट हुनेछ । विपक्षीहरूले रिस गरे पनि काम बिगार गर्न सक्ने छैनन् । धार्मिक यात्रामा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । मानसम्मानसमेत प्राप्त हुनेछ । आफ्नो कामविशेषले यात्रा हुनसक्छ, तर आफूले नजानेको काममा हात नहाल्नु नै राम्रो हुन्छ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग घ्यू रङ्ग वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

वृश्चिक

भाद्र महिनामा कार्य सिद्धिको योग छ । परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि सन्तान प्राप्तिको योग छ । इच्छाएको काम पूर्ण हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ, तर चोट पटकको भय रहेको हुनाले वाहन चलाउँदा या बाटो हिँड्दा सचेत रहनु पर्छ । अरुको खुसीका लागि किनमेल हुने र खर्च बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु

भाद्र महिना शुभ फलदायी नै रहनेछ । नयाँ र शुभ कार्यको योग छ । राजनैतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै शैक्षिक क्षेत्रमा विशेष लाभ हुने देखिन्छ, यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको स्मरणर दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

मकर

यो महिनामा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शेयर बजारको लगानीले त्यति राम्रो प्रतिफल नदिनसक्छ पनि सक्छ । महिनाको उत्तरार्धबाट रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । साथी भई सँग रमाइलो भेटघाट र यात्राले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग निलो वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

कुम्भ

यो महिनामा भाग्योदय हुने योग रहेको छ । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रोकिएका अधुरा कामहरू पूरा हुनसक्छन् । २२ गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन

यो महिना सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रसन्नता गर्नेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । कूटनीतिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *