आफ्नो पक्षमा ४० प्रतिशत रहेको माधव नेपाल पक्षको दावी

देश

सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ ।

काठमाडौंको बानेश्वरस्थित एक होटलमा भएको नेपाल समूहको बैठकमा नेताहरुले दल विभाजन अध्यादेश र त्यसपछिको रणनीतिबारे छलफल गरेका थिए ।

बैठकपछि नेता विरोध खतिवडाले ओलीको जालझेलका विषयमा छलफल गरेको भन्दै रातिसम्म सुध्रिएर आए नयाँ बाटो नहिँड्ने अन्यथा राजनीति जाम भएर बस्दैन भन्ने प्रतिक्रिया दिनुभयो ।

खतिवडाले आफूहरुसँग ४० प्रतिशत सांसद रहेको दाबी गर्दै महन्थ ठाकुरका लागि सहज बनाइदिन २० प्रतिशतको व्यवस्था गरिएको पनि बताउनुभयो ।

उता, सरकारले ल्याएको अध्यादेशको नेपाल पक्षकै एकता वार्ता कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले दल विभाजन अध्यादेश प्रतिगामी रहेको भन्दै फिर्ता लिन दबाब दिन अपील गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *