तेह्रथुम पावरले भदौ ९ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । तेह्रथुम पावर कम्पनी लिमीटेडले आगामी भदौ ९ गतेदेखि ८ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो । कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।
कम्पनीको र्आपीओमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।