नेकपा (एमाले) विभाजन भएर नयाँ पार्टीको रुपमा दर्ताका लागि निवेदन भएको एमाले समाजवादीको निर्वाचन चिह्न खुल्ला किताब यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ।
निर्वाचन आयोगमा उन्नत लोकतान्त्रिक पार्टीको निर्वाचन चिह्न खुल्ला किताब रहेको छ। राजनीकि दल सम्बन्धी ऐनमा अर्को पार्टीसँग मिल्ने चुनाव चिह्न उपलब्ध नगराइने उल्लेख छ।
दल सम्बन्धी ऐनको यो व्यवस्थाले खुल्ला किताब चुनाव चिह्न माधवकुमार नेपालको पार्टीले नपाउने भएको छ।