कुलमान घिसिङको नियुक्तिविरुद्ध परेकाे मुद्दाको पेसी मंगलबारलाई सर्‍यो

आर्थिक

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनः नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको पेसी सरेको छ।

सोमबार हितेन्द्रदेव शाक्यले दिएको मुद्दामा सुनवाइका लागि न्यायाधीश कुमार रेग्मीकाे इजलासमा आज पेसी तोकिएको थियो।

तर आज तोकिएको उक्त इजलास नै बस्न सकेन।

आफू हुँदाहुँदै कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति दिइएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *