पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका कारण पार्टी विभाजन भएको नभई केही टुक्रिएको मात्र बताएका छन्।
बिहीबार एक अन्तर्वार्ताका क्रममा ओलीले नेपाल समूहले अन्य पार्टीसँग मिलेर एमालेलाई घात गरेको दावी गरे। एमालेलाई कमजोर गर्ने र देशलाई अस्थिरतामा लैजाने अनेकन षड्यन्त्रहरु भएको ओलीको आरोप छ।
उनले माधव समूहको अनेक घातबीच पनि आफूले पार्टी एकताको प्रयास अन्तिम समयसम्म कायम गरेको बताए।
भने,‘अकारण पार्टी फुटाएको छ, विग्रह सुरू गरेको छ, अस्थिरता सुरू गरेको छ, अनेक प्रचार गरेको छ। त्यस्तो हुँदा पनि सहेर मैले एकताको प्रयास गरें।’