१४ जना सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दवाव

देश

नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ । बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका हुन् ।

यसअघि भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।

तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *