एमालेको दोस्रो पुस्ताका नेताहरु लागे पार्टी एकताको पहलमा

देश

पार्टी विभाजन विरुद्ध उभिएका नेकपा एमालेका नौ जना नेताले एकताका लागि अझै आफूहरु क्रियाशील रहेको जनाएका छन् ।उनीहरुले हिजो राती संयुक्त विज्ञप्ति जारी गरी दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा अध्यक्ष ओलीले १४ जनामाथि गरेको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका हुन् ।

विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरिएको छ

। ती नेताहरुले आफूहरुलाई एमालेको पदाधिकारीका रुपमा खुलाएका छन् । हालै बाग्मतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी नेतृ अष्टलक्ष्मी शाक्यले पनि एमाले उपाध्यक्षको हैसियतमा विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर गर्ने अन्य नेताहरुमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *