निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने भएको छ। निर्वाचन आयोगका एक अधिकारीले दुबै दललाई सनाखतका लागि भदौ ९ गते बोलाइएको जानकारी दिए। नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नामको दल दर्ताको निवेदन दिएको छ। यस्तै ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामको दल दर्ताको निवेदन आयोगमा दिएका छन्।
नेपाल पक्षको नेकपा एकीकृत समाजवादीमा ९५ जना केन्द्रीय सदस्य छन्। यस्तै ठाकुर पक्षको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ।
दल दर्ताका लागि निवेदनमा नाम भएका सदस्यहरुको सनाखतका लागि बुधबार विहान ११ बजे आयोगले बोलाएको हो। सनाखतमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुनेछन्।