ने:बि:संघ जिल्ला सदस्य जनार्दन भट्टराई पनि क्षेत्रीय प्रतिनिधिको दाबेदार

जिल्ला

नेपाली कांग्रेस यतिबेला चौधौँ महाधिवेशनको संघारमा छ। यतिबेला प्रत्येक वडा,गाउँपालिका,नगर,जिल्ला क्षेत्र र केन्द्रमा नेतृत्वका अाकांक्षिहरु देखिन थालेका छन् । अब संगठनका मतदाताहरुले स्वबिबेक र अात्मनिर्णयको अधिकारलाई स्वतन्त्र रुपले प्रयोग गर्ने बेला अाएको छ।

हामी ब्यवस्था पटक पटक फेर्यौँ तर साशक फेर्न सकेनौं । पाटिको महाधिवेशन समयमा नहुने भएपनि ब्याक्ति उहीँ, पात्र उनै, निर्वाचित भएर देशको बागडोर सम्हाल्ने पनि उनै अनि हामी परिबर्तनको के अपेक्षा गर्ने ?

उमेरले पाका भैसकेका नेताहरुलाइ अब अाराम दिएर बृद्धतन्त्रको अन्त्य गरौँ। देश र संगठनका लागि केही गर्छु भन्ने जोस,जाँगर,सक्रिय,सक्षम एवं सिर्जनशील युवाहरु अब नेतृत्वमा अाउनुपर्छ। अब राज्यका हरेक क्षेत्रमा युवाहरुले हस्तक्षेप गर्ने बेला अाएको छ। देश र संगठनलाई निकास दिन युवा नेतृत्व एकमात्रै बिकल्प हो,देशको अावश्यकता र माग पनि हो। लामो समयसम्म राजनितिमा होमिएर योगदान गर्ने बृद्ध नेताहरुलाइ सम्मानजनक रुपमा बिदाइ गरेर सल्लाहकार भएर मार्गनिर्देश गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

संगठनमा स्थानिय स्तरदेखि केन्द्र सम्म संगठनका पदहरुमा युवाहरुलाइ मुलप्रवाहिकरण गर्न सकेनौँ भने हामिले देखेको सपना केवल सपनामा मात्रै सिमित हुनेछ भन्नेमा दुइमत छैन।
मेरो राजनितीमा त्यति धेरै लामो इतिहास त छैन तरपनि संगठनप्रतिको अास्था र लगाब भने सायदै २०६४/६५ बाट नै थियो। बि:स २०७१ सालमा स्कुल स्तरमा ने:बि संघ गठन भइ अध्यक्षको भुमिकामा रहि संगठनको नेतृत्व गर्ने अवसर जुट्यो। अाधिकारीक रुपमा भने २०७३ मा पाटिको साधारण सदस्यता प्राप्त गरेसंगै संगठन र संगठनका क्रियाकलापमा मेरो सक्रियता बढ्दै गयो। २०७३ मै तात्कालिक क्षेत्र न:१ को क्षेत्रिय उपाध्यक्ष भइ संगठनमा अझै सक्रियता हुने मौका मिल्यो। २०७४ सालको स्थानिय तहको निर्वाचन र राष्ट्रिय निर्वाचनको बेला साबिकको ठुलापोखरा गा:बि:स को ने:बि:संघ अध्यक्षको जिम्मेवारी प्राप्ति पछि निर्वाचनको समयमा अाफुले पाएको जिम्मेवारीलाइ कुशलतापुर्बक सम्पन्न गर्ने सौभाग्य मिल्यो। क्रमिक रुपमा २०७६ मा ने:बि:संघ अर्घाखाँची जिल्ला कार्यसमिति सदस्य पदमा निर्वाचित भइ सोही भुमिकामा सक्रिय छु । हाल पाटिको क्रियाशील सदस्यका रुपमा रहि संगठनका हरेक क्रियाकलापमा सक्रिय रहेको कुरा सर्बबिदितै छ ।

संगठनको सुदृढिकरण गर्न, संगठनको अान्तरिक लोकतन्त्रलाई संस्थागत गर्न,गराउन, पाटिका हरेक गलत क्रियाकलापका बिरुद्ध नेतृत्वपंक्तिलाइ सचेत गराउन, पाटिलाइ समयसापेक्ष नेतृत्व गर्न सक्ने सक्षम नेतृत्व चुन्दै संगठनलाई बि:पि पथमा हिडाउन दबाब सिर्जना गर्ने ध्येयका साथ मैले क्षेत्रीय प्रतिनिधि पदमा उमेद्वारी दिने सोँच बनाएको छु । संगठन र सम्पुर्ण वडाबासि सक्रिय सदस्यहरुको बिश्वाँस सहित अत्याधिक बहुमतकासाथ मनोनित वा निर्वाचित हुनेछु भन्ने अपेक्षा गरेको छु। तपाईंको साथ, समर्थन र मायाँले भोलिकादिनमा अगाडिको गन्तव्य निर्धारण गर्न हौसला मिल्नेछ ।
* जनार्दन भट्टराई छत्रदेव-०६ ठुलापोखरा,
ने:बि:संघ जिल्ला कार्यसमिति सदस्य अर्घाखाँची ।
* धन्यबाद !
* जय नेपाल ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *