एमालेका तेस्रो धारका नेताहरुले दिएको अल्टिमेटम आज सकिँदै

खास खबर

एमालेका तेस्रो धारका नेताहरूले पार्टी एकताका लागि भन्दै दिएको अल्टिमेटम आज सकिँदै छ । उपाध्यक्ष भीम रावलसहित स्थायी कमिटीका ९ नेताले अल्टिमेटम दिएपनि सकारात्मक संकेत भने आएको छैन् । उनीहरू अझै माग सम्बोधन हुने अपेक्षमा रहेका छन् ।

अध्यक्ष केपी ओलीले १०बुँदे कार्यान्वयन र वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ सांसदमाथिको कारबाही फिर्ता लिनुपर्ने माग उनीहरूको छ । यस्तै, अलग पार्टी दर्ता प्रक्रिया रोक्न र एकतामा सकारात्मक हुन नेपालसँग पनि उनीहरूले आग्रह गरेका छन् । ओली र नेपाललाई उनीहरूले आजसम्मको समय दिएका छन् । नयाँ पार्टी खोलिसकेका नेपालले मात्र होइन, अध्यक्ष ओलीले पनि माग बेवास्ता गरेपछि एकताको कोसिस गरिरहेका उनीहरू कसरी अघि बढ्ने भन्ने अन्योलमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published.