विकास बैंकको नाफा गत आवमा ६५ प्रतिशतले बढ्यो

आर्थिक खास खबर

गत आर्थिक वर्ष (गत आव)मा विकास बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा ६५ प्रतिशत बढी नाफा कमाएका छन्।

विकास बैंकहरुले हालै सार्वजिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत एक वर्षमा ६४.९१ प्रतिशतले नाफा बढेको हो।

अघिल्लो वर्ष ३ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका विकास बैंकहरुले गत वर्ष ६ अर्ब ५ करोड १२ लाख नाफा कमाएका छन्।

हाल सञ्चालनमा रहेको १७ वटा विकास बैंकले उक्त नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष १९ वटा विकास बैंक रहेकोमा कन्चन डेभलपमेन्ट बैंक र तिनाउ मिसन वाणिज्य बैंकमा गाभिएका छन्। दुई विकास बैंक घट्दा पनि विकास बैंकहरुको नाफा भने उच्च रुपले बढेको छ।

गत आवमा सर्वाधिक नाफा कमाउने सूचीको शीर्ष स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ। मुक्तिनाथले खुद नाफामा तीनवटा वाणिज्य बैंकलाई समेत पछि पारेको छ।

मुक्तिनाथसँगै गरिमा, ज्योति, महालक्ष्मी तथा कामना सेवा विकास बैंकले समेत केही वाणिज्य बैंकलाई पछि पारेका छन्।

विकास बैंकले उच्च नाफा आर्जन गरेको वर्ष नारायणी डेभलपमेन्ट बैंकको भने नाफा घटेको छ।गत आर्थिक वर्षमा मुक्तिनाथ विकास बैंकले १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ।

खुद नाफासँगै बैंकको वितरणयोग्य नाफा पनि सबैभन्दा धेरै ८६ करोड ५ लाख रुपैयाँ रहेको छ। गत वर्ष नारायणी डेभलपमेन्ट बैंक भने घाटामा रहेको छ। उक्त बैंक १ करोड ८ लाख ३ हजार रुपैयाँले घाटामा रहेको छ। त्यस्तै बैंकको वितरणयोग्य नाफा पनि २१ करोड ८३ लाख रुपैयाँले घाटामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *