कृषि, पर्यटन र उद्योगमा विस्तार समतामूलक सहभागिता समृद्ध अर्घाखाँचीको मूल आधार भन्ने नारासहित तत्कालीन नेपाल सरकारको उपप्रधान तथा ऊर्जामन्त्री रहेका टोपबहादुर रायमाझीले २०७३ असार १३ गते अर्घा भगवती विमानस्थलको शिलान्यास गरेका थिए ।
शिलान्यास गर्दा रायमाझीले एकवर्ष भित्रनै आधारभुत रूपमा हवाईजहाज उडाउने बताए पनि ३ वर्षसम्म विमानस्थल निर्माणको काम सुरु भएन् । शिलान्यास कार्यक्रममा जनलहरसहित भव्य रुपमा शिलान्या सभएको विमानस्थल निर्माणको काममा रूख कटान सुरु गर्दा फेरि औपचारीक कार्यक्रम गरेर रूख कटान सुरु गरियो । एक वर्षमा आधारभूत रूपमा विमानस्थल सञ्चालन हुन्छ, भनेका रायमाझीले प्रतिनिधि सभाको निर्वाचनमा एयरपोर्ट छिट्टै सञ्चालन हुन्छ भन्ने नारा वाम गठबन्धनको बन्यो ।
निर्वाचन सम्पन्न भएको ३ महिनापछि २०७४ चैतको ११ गते फेरि सल्लाको रूख काटेर पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले रूख कटान सुरु गरे । शिलान्यासमा एक वर्षमा आधारभूत हवाईजहाज उड्छ, भनेका रायमाझीले तीन वर्षमा विमान नियमित उडान गर्न मिल्ने गरी काम अगाडि बढ्ने बताए ।
रूख कटान सकिएपछि पुनः काम सुरु भएन् । रुख कटानको उद्घाटन गरेका रायमाझी २०७६ साउन २२ गते निर्माण कार्य रिवन काटेर शुभारम्भ गरी कामको उद्घाटन फेरि गरे ।
५ करोड ६० लाखको लागतमा विमानस्थलको रनवेको काम सुरु गरिएको छ । पुष्पा जेभी कन्स्ट्रक्सनले विमानस्थल निर्माणको जिम्मा पाएको छ । २२ गतेदेखि निर्माण कार्य सुरु भएको विमानस्थल २०७७ साल ७ महिना ५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।