नेप्सेका सीईओ चन्द्रसिंह साउदले अर्थ मन्त्रालयमा राजीनामा बुझाए

खास खबर

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले अर्थ मन्त्रालयमा राजीनामा बुझाएका छन् । उनले भर्खरै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीलाई राजीनामा बुझाएर निस्केका छन् ।

साउदमाथि बुक बिल्डीङ विधिबाट निष्काशन गरिन लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर राखेको आरोप लागेको थियो । साउदकी श्रीमति सुशीला कुमारी बोहोराको नाममा उक्त कम्पनीको १० हजार कित्ता सेयर देखिएको थियो । सोही आधारमा साउदमाथि भित्री सूचनाका आधारमा ‘इन्साइडर ट्रेडिङ्ग’ गरेको आरोप लागेको छ ।

उक्त आरोपपछि अर्थ मन्त्रालय र संसदको अर्थ समितिले उनलाई स्पष्टीकरण सोधेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *