नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ ।
माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।
प्रदेश र जिल्ला कमिटीलाई जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन समेत बैठकले निर्देशन दिएको छ ।