एनसेल र भायानेटको सहकार्यमा बिहीवार घोषणा हुन लागेको विशेष अफर के छ ?

विज्ञान/प्रविधि

निजी इन्टरनेट सेवाप्रदायक भायानेट र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवाप्रदायक एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ । आउँदो बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् ।

यसरी कुनै इन्टरनेट सेवाप्रदायक र टेलिफोन कम्पनीको सहकार्यमा ग्राहकका लागि अफर ल्याउने तयारी सम्भवतः यो नै पहिलोपटक हुन लागेको हो ।

ग्राहकहरू एकअर्काको सम्पर्कमा रहिरहुन् भन्ने उद्देश्यका साथ विशेष अफर ल्याउन लागिएको बताइएको छ । अफर अन्तर्गत कुन कुन योजना सार्वजनिक हुनेछ भन्ने विषय भने खुलाइएको छैन ।

स्रोतका अनुसार ग्राहकका लागि निःशुल्क सेवासहितका आकर्षक सुविधाकाे घाेषणा हुनेछ । यसअन्तर्गत सुपर स्पिड इन्टरनेट, उत्कृष्ट मनोरञ्जन र एनसेलको फष्ट क्लास सेवा र सुविधा एकैसाथ उपलब्ध गराउने तयारी भएकाे छ ।

Leave a Reply

Your email address will not be published.