आफ्नै बुवा र श्रीमति बिच शंका गर्दा घट्यो यस्तो डरलाग्दो घटना

जिल्ला

धनुषामा एक डरलाग्दो घटना भएको छ।यस्तो घटना गराउन त कल्पना समेत गर्न सकिँदैन। तर केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले यस्तो घटना गराएका छन्। युवाले आफ्नै बुवा र श्रीमतीलाई यो सन्सारबाटै बिदा गरेका छन् । उनले आफ्नै बुवा र श्रीमतिबिच लसपसको शंका गरेका थिए । उनका श्रीमति र दुई छोराछोरी छन् । तर कसैले कल्पना समेत गर्न नसक्ने गरि शंकाकै भरमा उनले आफ्ना बुवा र श्रीमतिलाई यो सन्सारबाटै बिदा गरिदिएका छन् ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भा गे श्वर मण्डलले यस्तो गरेका हुन् । मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीलाई त्यस्तो घटना गरेको प्रहरीले बताएको छ । घटनापछि गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा ब्यवस्थापन गरेका थिए ।

२७ वर्षीय भा गे श्वरले सोमबार राति १२ बजेतिर घटना गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘बिहान उनका ३ र ४ वर्षका बच्चा रो इ रहेको र भागेश्वर आफैं टो ला ए र बसिरहँदा पुगेका छिमेकीले दुवैको त्यस्तो घटना भएको पत्ता लगाएर हामीलाई जानकारी गराएका थिए,’ बस्नेतले भने, ‘तत्कालै भा गे श्वरलाई नि य न्त्र णमा लिई सोधपुछ गर्दा उनले घटना गरेको स्वीकारेका छन् ।’

त्यस ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए । भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीमाथि त्यस्तो घटना गरेको देखिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published.