तपाईंको मोबाइलबाट पनि महत्वपूर्ण सम्पर्क नम्बरहरु डिलिट भएका छन् भने गुगलको सहयोगमा सहजै ती नम्बर रिस्टोर गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो कन्ट्याटलाई गुगल ड्राइभमा ब्याकअप गरेको भने हुनुपर्दछ ।
यदि तपाईंले अहिले प्रयोग गरिरहेको मोबाइलमा कन्ट्याक्टको ब्याकअप राख्नुभएको छैन भने तुरुन्त प्रयोग गरिहाल्नुहोस् । तपाईं गुगलमा स्मार्टफोन वा सिम कार्डमा सेभ भएका कन्ट्याक्टको ब्याकअप राख्न सक्नुहुन्छ ।
यसो गरिसकेपछि तपाईंको फोन हरायो वा चोरी भयो भने अथवा नयाँ फोन लिनुभयो भने सहजै ती कन्ट्याक्टलाई रिस्टोर गर्न सक्नुहुनेछ । कुनै पनि एउटा एन्ड्रोइड डिभाइसबाट अर्कोमा पुराना कन्ट्याक्ट रिस्टोर गर्न सकिन्छ ।
यस्तोमा जरुरी कन्ट्याक्ट डिलिट हुँदा समेत हैरान हुनुपर्दैन ।