टिकटक स्टार स्मारिका ढकालको डिभोर्स हुनुको कारण यस्तो रहेछ !

मनोरञ्जन

चर्चित टिकटक स्टार स्मारिका ढकालको डिभोर्स भएको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक भएपछि उनका पूर्वपतिले आफुहरुले खुशी साथ अलग भएको जानकारी दिएका छन् । स्मारिकाका श्रीमान विवेक अधिकारीले टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताएर अन्त्य हुनुको कारण भने खुलाएनन् ।

आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर आफुहरु छुट्टिएको र एक अर्कालाई अहिले पनि सम्मान गर्ने उनले बताए । सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप आएपछि उनले यस्तो आरोप नलगाउन आग्रह गरेका छन् । ‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला विवेकले भने ।

नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो । सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएको विवकेले खुलस्त पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *