चार महिनामै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले दाबी गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले निर्वाचन आयोग बुधबार गरिएको सनाखतका क्रममा यस्तो दाबी गरेका हुन् ।
‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छु, उनले भने, ‘त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ । हामीबीच कुरा अघि बढेको छ।’