एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

देश

प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टी औपचारिक रुपमा विभाजन भएपाछि आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार मात्र नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए । बैठक बिहीबार दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजकाे बैठकमा १० बुँदे प्रस्ताव, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यमाथिकाे कारबाही अगाडि बढाउने रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *