तपाईलाई थाहा छ ! एक ग्लास वियरमा हुन्छन् २० लाख फोका

मनोरञ्जन

जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर लाग्दैन।बुलबुल गर्दै फिंज तैरिंदा कुन बेला घुट्याउँजस्तो भइहाल्छ, विशेष गरी यस्तो गर्मीयाममा। धुपमा चिल्ड बियर! कुरै नगरौं।

वियर खानुअघिको यो रोमान्च पारखी सबैलाई थाहा होला।तर, थाहा नभएको हुनसक्ने एउटा तथ्य यहाँ दिंदैछौं।तपाईंलाई थाहा छ, एक ग्लास वियरमा फिंजका कति वटा फोका तैरिन्छन्?

फ्रान्सको रेम्स स्याम्पेन अर्देने विश्वविद्यालयका रसायन भौतिकशास्त्रका प्राध्यापक जेरार्ड लिगर ब्लेयरले यसबारे अनुसन्धानै गरेका छन्।

उनका अनुसार हाफ–पिन्ट (२०० एमएल) वियरमा २० लाख थान फोका उठने रहेछन्। वाफ रे वाफ! त्यति नै परिमाणको च्याम्पेनभन्दा दोब्बर संख्यामा फोका उठ्नेरहेछ। पुरातात्विक प्रमाणका अनुसार मानव जातिले कम्तिमा ५ हजार वर्षअघिदेखि वियर बनाएर पिउन थालेको हो।

अझ वियरको इतिहास १३ हजार वर्ष पुरानोसम्म हुनसक्ने एकथरी अध्येताको दाबी छ। वियर संसारकै सबैभन्दा लोकप्रिय मादक पदार्थ हो। विश्वमा प्रतिवर्ष २०० अर्व लिटर उप्पादन हुनेगर्छ। अनि फिंज र फोकाबिनाको वियर कहिं पनि ‘इन्ज्वोय’ गरिदैन। संसारमा सबैभन्दा लोकप्रिय लेजर वियर हो।

वियर खासमा चार थरी चिज मिलाएर बनाइन्छ– मर्चा हालिएको जौका दाना, हप्स नामक सब्जी, यिस्ट र पानी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *