नेपालमा २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु

स्वास्थ्य

काठमाडौं : पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस सं’क्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १ सय ७६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ७ हजार ४ सय ४८ जना संक्रमित भएका छन् । सोही अवधिमा २०२१ जना निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै हो । हालसम्म मृत्यु हुनेको संख्या ३३६२ रहेको छ ।

नेपालमा अहिलेसम्म ८३ दशमलव ३ प्रतिशत निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *