हरिवंशको ‘ए कालु भेना’ सार्बजनिक

मनोरञ्जन

वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ केही समय अगाडि सार्वजनिक भएको थियो । दर्शकको उल्लेख्य साथ पाएको ‘माछीलाई खोलीको लेउ’ पछि हरिवंशले अर्को गीत ल्याएका छन् ।

‘ए कालु भेना’ बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ । गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।

मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन् ।

हरिवंशका गीत र भिडियोबाट अपेक्षित सन्देश प्राप्त गर्न सकिन्छ । ‘ए कालु भेना’ले वैदेशिक रोजगारीभन्दा स्वदेशमै इलम गर्न प्रेरित गरेको छ ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट बिहीवार रिलिज गरिएको हो ।

Leave a Reply

Your email address will not be published.