काबुल हमलामा ६० जनाको मृत्यु

प्रवास

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

बिहीबार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बिबिसीले उल्लेख गरेअनुसार विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आइएसआईएसको खुरासनले हमला गरेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *