एनसेल एपबाट १० जीबी डेटा किन्दा थप १० जीबी सित्तैमा पाइने भएको छ । ग्राहकले एपबाट रु. ४९९ मा १० जीबी डेटा खरिद गर्दा थप १० जीबी डेटा बोनसमा पाउने भएका हुन् ।
कम्पनीका अनुसार यो प्याक ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । एनसेल एपबाट अनलाइन रिचार्ज, बाँकी रहेको डेटा चेक गर्न, डेटा प्याक किन्न, हरेक दिन १० एसएमएस निःशुल्क पठाउनका साथै कम्पनीका अफर र अन्य जानकारी पाउन सकिन्छ ।
यसबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा छ । यसबाट यूएसएसडी कोड बिना नै सेवाहरु सुचारु गर्न मिल्छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको कम्पनीले बताएको छ ।