सेयर बजार मापक ‘नेप्से’ परिसूचक करिब ५० अंकले खस्कियो

आर्थिक

सेयर बजार मापक नेप्से परिसूचक ४९.१८ अंकले खस्किएको छ । १.५९ प्रतिशतले घटेर नेप्से ३०४४.८६ बिन्दुमा पुगेको हो ।

फाइनान्स समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा बढी जलविद्युत्‌ समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक २.४२ प्रतिशतले घटेको छ ।

नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा उच्च दरले वृद्धि भएको छ । रु रु जलविद्युत्‌ कम्पनीको सेयर मूल्य १० प्रतिशतले खस्किएको छ । जलविद्युत् कम्पनीका सेयर मूल्यमा खस्किएको छ ।

१५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एक लाख ५९ हजार एक सय ३७ पटकको किनबेचमा दुई करोड ४८ लाख ८८ हजार कित्ता सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको एक अर्ब ३१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *