तीन वर्ष बितिसक्दा मजदुरले ज्याला पाएनन्, आन्दोलनको चेतावनी

जिल्ला

बैतडीको एक खानेपानी आयोजना निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा मजदुरले पारिश्रमिक पाएका छैनन् । आर्थिक वर्ष २०७४÷०७५मा जिल्लाको सुर्नया गाउँपालिकावडा नं ६ स्थित ठूला पातल–कुनेटा–टकौरी खानेपानी आयोजना निर्माणको क्रममा काम गरेका मजदुरहरुले अहिलेसम्म पारिश्रमिक नपाएपछि आन्दोल गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले उक्त योजनाको उपभोक्ता समिति सचिवसमेत रहेका शिक्षक संघ बैतडीका अध्यक्ष विष्णुदत्त अवस्थीले पारिश्रमिक नदिएको आरोप लागाएका छन् ।
स्थानीय १६ वर्षीय अनिल अवस्थीले भने, ‘म कक्षा ६ मा पढ्ने बेला काम गरेको पैसा अहिले कक्षा १०मा पढ्दासम्म पनि पाएको छैन् । मेरै विद्यालयका शिक्षक रहेका विष्णु सरले काम गर भनेर १२ बालबालिकालाई काममा लगाएको हो । हामी १२ बालबालिकाले काम गरेका हौँ । हामीलाई स्कूल नगए पनि पास गराइदिन्छु र टोलमा सिँचाई आयोजनासमेत ल्याइदिन्छु भनेका थिए । तर केहि गरेनन् ।’

अर्का मजदुर लवदेव अवस्थीले भने, ‘हामी गाउँको नेता भनेर पनि विष्णुलाई नै मान्थ्यौँ । शिक्षक पनि हो । तर, हामीलाई खानेपानी आयोजना र सिँचाई आयोजना दिने लगायतका आश्वासन दिएर आफ्नो घरमा जाने पानीको योजनामा काम गराए। अहिलेसम्म पैसा दिएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *