वर्षाले तातोपानी नाका ठप्पजस्तै, दैनिक दुई कन्टेनर मात्र भित्रिन्छन्

देश

दुई महिनायता तातोपानी भन्सार नाका अनियमित बनेको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा-कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको हो ।

सडकअवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्यानु परेको छ । तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए ।

दसैं तिहार नजिकिदै जाँदा पनि नाका पूर्ण रुपमा सूचारु भएको छैन, जसकारण गत वर्षझै अभाव सृजना हुनसक्ने भन्दै व्यावसायीहरू त्रसित छन् ।
भन्सार कार्यालयमा असार र साउनमा क्रमशः ११ करोड ३९ लाख र सात करोड २१ लाख रुपैयाँ राजस्व संकनलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *