नेकपा एसका वरिष्ठ नेता खनाल स्वदेश फर्कदै

देश

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किदै हुनुहुन्छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार दिउँसो पौने चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तय भएको छ ।

स्वस्थ्य अवस्था सामान्य हुँदै गएपछि खनाल स्वदेश फर्किन लाग्नुभएको भट्टराईले जानकारी दिनुभयो । खनाल उपचारका लागि गत असार २ गते भारतको नयाँदिल्ली जानुभएको थियो । नयाँ दिल्लीमा खनालको मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.