कोरोना कोषका लागि विनियोजन भएको रकम खर्च हुन सकेको छैन ।
कोरोना महामारीको प्रकोपको लागि विनियोजित १८ अर्ब ५४ करोड ५७ लाख रुपैँयामध्ये ३ अर्ब ५५ करोड ८ लाख मात्र खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार संघीय कोरोना कोषबाट एक अर्ब तीन करोड, सात प्रदेश सरकारबाट दुई अर्ब ९४ करोड ३२ लाख र ६ सय ६४ स्थानीय तहबाट सात अर्ब ७४ करोड खर्च भएको छ ।