गगनले गरे कांग्रेस महामन्त्री लड्ने घोषणा

देश

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मंसिरमा हुने १४ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले आफू महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।  ‘म महामन्त्री पदमा उठ्छु, यो मेरो औपचारिक घोषणा हो,’ उनले भने।

कांग्रेसले देशैभर यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ। छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने कांग्रेसमा तयारी छ। अहिले कांग्रेसमा ९ लाख क्रियाशील सदस्य छन्, उनीहरू नै वडा अधिवेशनका मतदाता हुन्।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। यसपटक कांग्रेसमा वडादेखि केन्द्रसम्मै कोषाध्यक्ष बाहेकका पदहरूमा निर्वाचन हुनेछ।

अधिवेशनहरू सुरू हुन लागेपछि कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दिने लहर नै सुरू भएको छ। केन्द्रीय सदस्य थापाले महामन्त्रीमा उम्मेदवारी दिएपछि यसले चुनावी सरगर्मी झन् बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *