सीवाईसी लघुवित्तको आईपीओ आउदै ,कहिले आउँछ त ? भर्ने होइन

आर्थिक

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्ता सेयर बराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरेको छ । यो लघुवित्तको बुक भ्यालु भने २ सय २७ रुपैयाँ २९ पैँसा रहेको छ ।

यति सम्म बुक भ्यालु भएको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर १ सय रुपैयाँमा सर्वसाधारणका लागि आईपीओको रुपमा जारी हुनेछ । जुन एकदमै राम्रो अवसर हो ।

यस लघुवित्तले अझै पनि आईपीओ जारी गर्ने मिति सार्वजनिक गरेको छैन् । यस अघि महिला लघुवित्त र जीवनविकास लघुवित्त जस्तै यो पनि धेरै माथी सम्म पुग्ने आईपीओ भएकाले भर्न नछुटाउनु होला ।

आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *