एजेन्सी, सुगाले मानिसले बोलेको कुरा नक्कल गर्नु सामान्य हो । तर अनौठो, स्कटल्यान्डमा एक महिला ट्रेनरले आफ्नो सुगालाई शौचालय प्रयोग गर्न सिकाएकी छिन् ।
३९ वर्षीया पालीन गु्रथी नामकी महिलाले उक्त सुगालाई ५ वर्ष पहिला खरिद गरेकी थिइन् । एक वेबसाइट अनुसार, अफ्रिकी प्रजातिको सुगा ‘स्काइलर’ खरिद गरेकी थिइन् । ग्रे रंगको स्काईलरलाई उनले धेरै कुरा सिकाइरहेकी छिन् । त्यसमध्ये एक हो, शौचालयको प्रयोग ।
धेरै वर्षदेखि कडा मेहेनतले पालीलनले स्काईलेरलाई शौचालयको प्रयोग गर्न सिकाएकी हुन् । पालीनले सार्वजनिक गरेको भिडियोमा उनले स्काईलेरलाई शौचालय जान भनिरहेकी छिन् र सुगा पनि शौचालयमा गएको देखिन्छ । पालीनले सानो देखिको इच्छा सुगा पाल्ने र धेरै कुरा सिकाउने भएको बताएकी छिन् ।