बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

आर्थिक

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते साेमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (भदाै १५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । कम्पनीकाे आईपीओमा ईसेवाबाट पनि आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *