नेपाली कांग्रेस यतिबेला चौधौँ महाधिवेशनको संघारमा छ। यतिबेला प्रत्येक वडा,गाउँपालिका,नगर,जिल्ला क्षेत्र र केन्द्रमा नेतृत्वका अाकांक्षिहरु देखिन थालेका छन् । अब संगठनका मतदाताहरुले स्वबिबेक र अात्मनिर्णयको अधिकारलाई स्वतन्त्र रुपले प्रयोग गर्ने बेला अाएको छ। हामी ब्यवस्था पटक पटक फेर्यौँ तर साशक फेर्न सकेनौं । पाटिको महाधिवेशन समयमा नहुने भएपनि ब्याक्ति उहीँ, पात्र उनै, निर्वाचित भएर देशको बागडोर सम्हाल्ने पनि उनै अनि हामी परिबर्तनको के अपेक्षा गर्ने ? उमेरले पाका भैसकेका नेताहरुलाइ अब अाराम दिएर बृद्धतन्त्रको अन्त्य गरौँ। देश र संगठनका लागि केही गर्छु भन्ने जोस,जाँगर,सक्रिय,सक्षम एवं सिर्जनशील युवाहरु अब नेतृत्वमा अाउनुपर्छ।
अब राज्यका हरेक क्षेत्रमा युवाहरुले हस्तक्षेप गर्ने बेला अाएको छ। देश र संगठनलाई निकास दिन युवा नेतृत्व एकमात्रै बिकल्प हो,देशको अावश्यकता र माग पनि हो। लामो समयसम्म राजनितिमा होमिएर योगदान गर्ने बृद्ध नेताहरुलाइ सम्मानजनक रुपमा बिदाइ गरेर सल्लाहकार भएर मार्गनिर्देश गर्नुपर्छ भन्ने मेरो मान्यता हो । संगठनमा स्थानिय स्तरदेखि केन्द्र सम्म संगठनका पदहरुमा युवाहरुलाइ मुलप्रवाहिकरण गर्न सकेनौँ भने हामिले देखेको सपना केवल सपनामा मात्रै सिमित हुनेछ भन्नेमा दुइमत छैन। मेरो राजनीति यात्राको सुरुवात मात्रै हो करिव ६ वर्षदेखि पार्टीगतिविधि बाट प्रभावित भैइ नेपाली काङ्ग्रेसमा आस्था राखि अघि बढेको हु हालसम्म नेपाल विद्यार्थी सघ अर्घाखाँचीको जिल्ला सदस्य नेविसंघ सन्धिखर्क नगरपालिकाको वरिष्ठ उपाध्यक्ष , त्यस्तै जनज्योति क्याम्पस सन्धिखर्कको नेपाल विद्यार्थी सघ सभापति त्यस्तै प्रेस युनियन जिल्ला सदस्य , बिपि कोइराला युवा नेतृत्व विकास मन्च जिल्ला सचिव लगायत विद्यार्थीको हकहितमा वा विद्यार्थीको मागलाई सम्बोधन गर्ने विद्यार्थीको बिचार बोल्ने आवाज बुलन्द गर्ने विद्यार्थीको पक्षमा सदैव लागिरहने जस्ता विद्यार्थीको भावनालाई सम्बोधन गर्दै निकै सकृय अगाडी बढिरहेको छु त्यस्तै सामाजिक क्षेत्रमा पनि योगदान रास्ट्रको लागि अर्घाखाँचीको जिल्ला संयोजक भएर काम पनि गरेको छु।जुन सस्था स्वास्थ सम्बन्धि कार्यक्रम गरेर सम्मानित भएको उदाहरण यहाँहरुलाई थाहै छ।
अर्घाखाँचीलाई बिस्व सामु चिनाउन कलाकारिता क्षेत्रमा जिल्लालाई गरेको योगदान जति चर्चा गरेपनि कमै हुन्छ। सबैलाई थाहै भएको कुरा हो नेपालमा पहिलोपटक रेडियोको अनएयरबाट काग सम्मेलन गरेर आगआमि दिनमा पनि निरन्तरता दिइरहेको छु।जिल्ला युवा प्रतीभा बाट सबैभन्दा कम उमेरमा अवार्ड जिति समान्नित एवं पुरस्कृत भएको थाहै छ यस्तै युथ टयालेन्ट हन्ट अर्घाखाँची र लुम्बिनी गट टयालेन्ट सुपा देउराली आइडल लगायत धेरै उपाधि जितेर नामरोशन गरेको छु।
मेरो जिल्लाको लागि मात्रै नभई रास्ट्रको लागि राजनीति सामाजिक सास्कृतिक कलाकारिता लगायत समाज सेवाको क्षेत्रमा उल्लेखनीय भुमिका खेलेको छु यो कुराको धेरै प्रसग नजोडि अबको राजनीति क्षेत्रमा युवाहरूको सहभागीता हुनु अपरिहार्य छ अहिले काङ्ग्रेस भित्र युवाहरुको सङ्ख्यामा कम सहभागिता भएको हुँदा युवामैत्री काङ्ग्रेस बनाउन र पार्टी भित्र गुटबन्दी भन्दा पनि पार्टीलाई जनताको पार्टी बनाउन आफ्नो महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई छ । साथै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुक हरुले सहयोग गर्नुहुन पनि अनुरोध गर्दै आफ्नो उम्मेद्बारी घोषणा गर्दछु।
जय नेपाल