मेवा मन पराउनु हुन्छ, फाइदा के के हुन्छ ? थाहा पाउनुहोस !

स्वास्थ्य

मौसमअनुसारका फलफूल खानु पर्छ भनेर हामीले सुन्दै आएको मात्र नभइ चिकित्सकरुले पनि भन्ने गरेका छन् । फलफूल खानमा स्वादिष्ट हुनुका साथै हामीलाई स्वस्थ र शक्तिशाली बनाउन पनि मद्दत गर्छ । गर्मीमा फल्ने फलले शरीरलाई ठन्डा राख्छ भने जाडोयाममा पाइने फलफूलले न्यानो दिने गर्छ ।

याे माैसम (गर्मी) मा फल्ने मेवा पनि स्वास्थ्यका लागि अत्यन्त राम्रो फल हो । यसले स्वास्थ्य, शक्तिसँगै सौन्दर्य पनि बढाउँछ । मेवा तराई भुभागमा पाइने फल हो । मेवाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । पेट खराब भएका बेला त मेवा खाेजेर खाने गरिन्छ । मेवा फल्ने माैसममा आफ्नो नियमित भोजनमा मेवा पनि समावेश गर्दा त्यसबाट हामीले धेरै फाइदा पाउन सक्छौं ।

एन्टीअक्सिडेन्ट गुणले भरिपूर्ण
मेवामा एन्टीअक्सिडेन्ट गुण हुन्छ । यसले हामीलाई विभिन्न किसिमका भाइरल इन्फेक्सनबाट बचाउँछ ।

क्यान्सरको जोखिमलाई कम गर्छ
मेवामा पाइने विभिन्न औषधिय गुणले मानिसलाई क्यान्सरको जोखिमबाट बचाउँछ । यसकासाथै मेवाले क्यान्सरसँग लड्ने क्षमता पनि बढाउँछ । यो फल ती व्यक्तिहरुको लािग पनि फाइदाजनक हुन्छ, जो क्यान्सर रोगको उपचार गराइरहेका छन् ।

इन्फेक्सनबाट बचाउँछ
मेवाले धेरै प्रकारका फंगल इन्फेक्सनसँग लड्न मद्दत गर्छ । मेवाले पेटमा रहेका नराम्रो किटाणुलाई नष्ट गर्छ । नराम्रो किटाणु संक्रमणको कारणले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । यस फललाई गर्मीयाममा खाँदा शरीरलाई शितलता प्राप्त हुन्छ ।

सुन्दर छालाको लागि मेवा
मेवाले हाम्रो छालालाई ताजा र सुन्दर बनाउँछ । यस फलले उमेर नपुगी अनुहारको छाला छाउरिने समस्यालाई पनि न्युनिकरण गर्छ । यसमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । जसकारण बढ्दो उमेरसँगै देखिने शारीरिक समस्यालाई कम गर्छ ।

कब्जियतको उपचार
मेवामा पाचनशक्ति राम्रो बनाउने गुण हुन्छ । जसले हाम्रो पेटलाई सफा राख्छ । यसमा भिटामिन सी, फोलेट र भिटामिन ई पाइन्छ, जसले पेट सम्बन्धित विभिन्न समस्यालाई निको पार्छ ।

महिनावारीमा राहत
मेवाको रस पिउँदा महिनावारी गडबडिको समस्या निर्मूल हुन्छ । अनियमित महिनावारीको लागि काँचो मेवाको रस पिउन सकिन्छ । मेवाले शरीरका गर्मी पैदा गर्छ र हार्मोन एस्ट्रोजनलाई सन्तुलनमा राख्छ । जसकारण अनियमित महिनावारी नियमित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *