तेह्रथुम पावर कम्पनी आइपीओ बाँडफाँड हुने मिति तोक्यो

आर्थिक

तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा आइतबार सम्ममा झण्डै २४ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिने छ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ । आइपीओ बाँडफाँड आइतबार सम्म हुने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *