शेयरधनीलाई २१.०५ % लाभांश वितरण गर्ने डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको घोषणा

आर्थिक

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । अब राष्ट्रसँग लाभांश वितरण गर्न संस्थाले अनमुति माग्नु पर्नेछ ।

राष्ट्र बैंकको सहमतिपछि साभारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताहरुले उक्त लाभांश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *