राष्ट्रिय फुटबल टोलीका कप्तान चेम्जोङ राष्ट्रिय टोलीबाट ७३ औँ पटक मैदान उत्रे

खेल

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट ७३औँ पटक मैदान उत्रेका छन्।

काठमाडौको दशरथ रगंशालामा नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेलमा सुरुवाती ११ मा परेसँगै कप्तान किरण पूर्वकप्तान विराज महर्जनको राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन्।

आगामी आइतबार हुने दोस्रो मैत्रीपुर्ण खेलमा पनि मैदान उत्रे कप्तान किरण राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन्।

राष्ट्रिय टोलीमा डेब्यु गर्दा नै घाइते भएका किरणले यहाँसम्म आएर यो उपलब्धि हासिल गर्न पाउनु खुसीको कुरा रहेको सुनाएका छन्।

‘यो निरन्तर मिहिनेतको फल हो। मिहिनेतको कारण नै यहाँसम्म आइपुगेको छु। अझै राम्रो गर्ने प्रयास गर्नेछु’, कप्तान किरणले भने।

देशको लागि खेल्न पाउनु ठूलो कुरा भएकाले १३ वर्ष राष्ट्रिय टोलीबाट लगातार खेल्न पाउनु आफैँमा महत्त्वपूर्ण उपलब्धि रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *